पर्साको वीरगन्जका दुई पुरुषमा सङ्क्रमण पुष्टि भएसँगै नेपालमा कोरोनाभाइरस सङ्क्रमितहरूको सङ्ख्या आइतवार ५१ पुगेको छ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहायक प्रवक्ता डा. समीरकुमार अधिकारीका अनुसार दुई पुरुषहरूमा सङ्क्रमण देखिएको आइतवार पुष्टि भएको हो।
दुवै सङ्क्रमित व्यक्तिहरू अहिले आइसोलेशनमा रहेको र उनीहरूको स्वास्थ्य अवस्था सामान्य रहेको मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
अधिकारीहरूका अनुसार नेपालमा सङ्क्रमण पुष्टि भएर उपचारपछि १२ जना निको भई घर फर्किसकेका छन्।
यसअघि शुक्रवार झापाका एक ६२ वर्षीय पुरुषमा सङ्क्रमण पुष्टि भएको थियो।