NEBSTARnp
इन्टरनेट बिनै यसरी प्रयोग गर्नुहोस् गुगल
ड्राइभ
त्यतिमात्रै नभएर यो फाइल, फोटो तथा पीडीएफ फाइल शेयर गर्नका लागि पनि
चर्चित छ । साथै त्यसरी शेयर गरेको फाइलमा सबैले इडिट गर्नसक्ने सुविधा पनि उपलब्ध
छ ।
यही क्रममा कम्पनीले गुगल ड्राइभमा रहेका
फाइल इन्टरनेट बिना पनि प्रयोग गर्न सकिने फिचर उपलब्ध गराएको हो । गुगल डक्स, गुगल सीट, गुगल स्लाइड्स फाइलहरु तपाईंसँग इन्टरनेटको पहुँच नहुँदा पनि हेर्न र इडिट
गर्न सकिन्छ ।
यसका लागि तपाईंले अफलाइन एक्सेस ‘टर्न-अन’
गर्नुपर्छ ।
अफलाइन एक्सेस टर्न-अन गर्नुभन्दा पहिले
-तपाईं इन्टरनेटमा कनेक्ट हुन आवश्यक छ ।
-तपाईंले गुगल क्रोम ब्राउजर प्रयोग गरेको
हुनुपर्छ ।
-प्राइभेट ब्राउजिङ्ग प्रयोग गर्नु हुँदैन ।
– गुगल डक्स अफलाइन क्रोम एक्स्टेन्सन
इन्स्टल गरेर इनेबल गर्नुहोस् ।
– तपाईंको डिभाइसमा फाइल सेभ गर्नका लागि
पर्याप्त स्टोरेज छ/छैन जाँच्नुहोस् ।
अफलाइन गुगल डक्स, गुगल सीट र गुगल स्लाइड्स ओपन गर्नुहोस् ।
क्रोम ब्राउजर खोल्नुहोस् र साइन इन
गर्नुहोस् ।
गुगल ड्राइभ सेटिङ्गमा जानुहोस् ।
-“Create, open, and edit your recent Google Docs, Sheets, and Slides
files on this device while offline” लेखिएको बक्समा टिक
लगाउनुहोस् ।
अफलाइन प्रयोगका लागि गुगल डक्स, गुगल सीट र गुगल स्लाइड्स सेभ गर्नुहोस्
।
-कम्प्युटरको ब्राउजरमा गुगल ड्राइभमा
जानुहोस् ।
-सेभ गर्न चाहेको डक्स, सीट वा स्लाइड्समा राइट क्लिक गर्नुहोस् ।
-एभाइलेबल अफलाइन टर्न अर्न गर्नुहोस्
।
अफलाइन फाइल प्रिभ्यु
-कम्प्युटरको ब्राउजरमा गुगल ड्राइभमा मा
जानुहोस् ।
-अफलाइन एक्सेस टर्न अन भए/नभएको हेर्नुहोस्
।
-माथि दायाँपट्टि रहेको रेडि फर अफलाइनमा
क्लिक गर्नुहोस् ।
-अफलाइन प्रिभ्युमा क्लिक गर्नुहोस् ।
यसरी तपाईंले इन्टरनेट नहुँदा पनि गुगल
ड्राइभमा स्लाइड्स, सीट,
डक्स बनाउन, इडिट गर्न र हेर्न
सक्नुहुन्छ ।

0 Comments