१.१ अनुसन्धानको अवधारणागत विषय
मानिसले भौतिक देखि अभौतिक सम्म सामान्यदेखि जटिल सम्म एवं हरेक कुरामा उत्तिकै चासो दृष्टि दिने गरेको छ। यसरी संसारका कुनैपनि मानवीय र सामाजिक घटनाहरूको पक्ष्यमा गरिने नयाँ ज्ञानको खोजि नै अनुसन्धान हो। अनुसन्धानको अर्थ कुनै नयाँ चिज का बारेमा खोजी गर्ने वा अध्ययन गर्ने भन्ने हुन्छ तर अरुले गरेको कुनैपनि खोजीलाई अध्ययन गर्नु,पढ्नु प्रकाशित गर्नु ,भने अनुसन्धान होइन। विषयवस्तुको बारेमा पहिले नै ज्ञान भएतापनि त्यसको गहिराईसम्म पुगेर अध्ययन गर्नु मात्र अनुसन्धान हो सामान्य अर्थमा कुनै नयाँ तथ्य ज्ञान सूचना आदि जान्न वा प्राप्त गर्नका लागि वैज्ञानिक तरिकाबाट गरिने सुष्म अध्यान नै अनुसन्धान हो। अर्को शब्दमा निश्चित विश्वसनीय र प्रमाणित तथ्यहरूको आधारमा कुनै सिद्धान्तको स्थापना गर्नु अनुसन्धान हो साब्दिक अर्थमा अंग्रेजी भाषाको research शब्दलाई हेर्दा re+search भन्ने दुई शब्द हरु मिलेर बन्दछ। Re को अर्थ पूर्ण वा फेरि search अर्थको अर्थ खोजी गर्नु भन्ने हुन्छ ।त्यसैले यसलाई समष्टिगत रुपमाम भन्दा पुन खोजि कार्य गर्नु हो ।यसरी ressearch शब्दलाई टुक्राएर हेर्दा स्पष्ट हुन्छ कि मानव समाजमा विद्यमान विभिन्न घटना वा समस्याको बारेमा आफुभन्दा पहिले कसैले प्रस्तुत गरेको निष्कर्षलाई पूर्ण व्यवस्था तरिकाले खोज वा अनुसन्धान गर्ने अथवा त्यस सम्बन्धमा नयाँ विचार निष्कर्ष तथा सिद्धान्तहरु प्रस्तुत गर्नु नै हो ।त्यस्तै research भन्नाले to seek again कसैले पत्ता लगाएको जानकारी वा निष्कर्ष को बारेमा पुनः खोजी गर्न अनुसन्धान हो भन्ने बुझिन्छ । समष्टिगत रुपमा हेर्दा अनुसन्धानले निम्नलिखित विषयहरुलाई बुझाउँदछ।
*कुनै निश्चित शीर्षक ठीक सूचना तर तथ्य प्राप्तिकालागि गरिने वैज्ञानिक र व्यवस्थित खोज नै अनुसन्धान हो
*अनुसन्धान अध्ययन अवलोकन तुलना प्रयोग आदि प्रक्रियाबाट सत्यताको खोजी गर्ने वैज्ञानिक पद्धति हो
*वैज्ञानिक रुपमा खोजी गर्ने कलावद्ध प्रक्रिया नै अनुसन्धान हो
*अनुसन्धानले कुनै समस्याको पहिचान विश्लेषण परिकल्पनाको निर्माण तथ्यांक संकलन तथ्याङ्क विश्लेषण प्रस्तुतीकरण र समस्याको निष्कर्ष निकाल्ने एउटा व्यवस्थित र वैज्ञानिक क्रियालाई जनाउँदछ।
0 Comments