NEBSTARnp

https://www.binodbabusharma.com.np/


कार्यमुलक अनुसन्धान नमुना [(यो उदाहरण को लागि मात्र हो)]



परिचय

 

राज्यको ठूलो लगानी सरकारी विद्यालयमा छ । कतिपय स्थानमा आर्थिक दुरावस्था र धेरै जसो ठाउँमा कमजोर शैक्षणिक कार्यकलापअनुगमनमूल्यांकनले गर्दा अपेक्षित प्रतिफल हात पार्न सकिएको छैन । विद्यालयले समयको माग अनुरूपको शिक्षा शिक्षा दिन नसकेको गुनासो सर्वत्र विद्यमान छ ।

 

शैक्षिक सामग्रीको सवालमा पनि ‘अड्को पड्को तेलको धूप’ नै गर्नुपरेको छ । कक्षामा कालो/सेतोे पाटीका अतिरिक्त कतै कतै पुरानाधुलाम्मे चार्ट/कागज टाँसेको सम्म देख्न पाइन्छन् । तिनीहरूको प्रयोजन र त्यहाँ रहनुको औचित्य बारे प्रायः कसैले वास्ता गरिरहेका हुँदैनन् ।

यस शैक्षिक सत्र २०७८को आधा समय कोरोनाको त्रासमा वित्यो । विद्यालय खुलेको दिन पनि विद्यार्थी÷शिक्षक भययुक्त मनोदशामा हुनाले अध्ययनअध्यापन कार्य अवरुद्ध भयो । शिक्षकहरूले सिकाउँछु भन्दा पनि सम्भव भएन । विद्यार्थीले पनि मरिहत्ते गरेर पढ्ने मौका पाएनन् । जसले जसरी जोतिए पनि शतप्रतिशत सिकाइ भएन । विद्यार्थीहरूको रुचि र चाहनाको वास्ता गर्ने चाहना हुँदाहुँदै पनि हतार भयो । सरासर किताबका पाठहरू सिद्धयाउन पट्टी लागियो । समय अभावका कारण परीक्षामुखी शिक्षण गर्न पर्यो । फलतः प्रतिफल ऋणात्मक पाउने अवस्था आयो ।

दोष विद्यार्थीअभिभावक र परिस्थितिमा थोपरेर आफू पानी माथिको ओभानो हुन मिलेन । तसर्थ विद्यालयले दिएको निर्देशनानुसार घुम्ती शिक्षणका लागि विद्यार्थीको घरआँगनसम्म पुगेर शिक्षणमा सरिक भइयो ।

 

साँच्चै शिक्षकले अलिक खुल्ला दिमागले सोचेर थोरै मात्र कष्ट गर्ने हो भने विद्यार्थीहरूकै सक्रियतामा कक्षा–कोठामा अनेकौं रोचक शैक्षिक सामग्री जुटाउन र त्यस अनुरूपका गतिविधि सञ्चालन गरी शिक्षण सिकाइ कार्यकलाप गर्न सम्भव हुँदो रहेछ । शैक्षिक स्तर माथि उकासिसकेका सिमित विद्याथीहरूको सहयोगले पूरै कक्षाका शैक्षणिक कार्यकलापलाई छोटो समयमै फलदायी नतिजा हात पार्न सकिँदो रहेछ ।

 

यसका लागि पस्नासाथ विद्यार्थीहरूले सिक्ने वातावरण भएको कक्षाकोठा हुनुपर्छ । उनीहरू शिक्षकको व्याख्यानभन्दा आफ्नो अनुभव र क्रियाकलापबाट बढी सिक्छन् । उनीहरूले सिक्नुपर्ने कुराहरूलाई कथाकहानीखेलचित्रतालिका आदिका माध्यमबाट सम्प्रेषित गरिदिएमा/गर्न लगाइदिएमा सरल र सहज ढङ्गबाट चाँडै सिक्छन् । यसो गरेमा उनीहरूमा रचनात्मक–सिर्जनात्मक क्षमताकोे विकास हुन्छ र अपेक्षित सिकाइ उपलब्धि हाँसिल गर्न सकिन्छ । विद्यार्थी स्वयम्को लय र भाका पक्रन सके मात्र फलदायी सिकाइ सम्भव हुन्छ । अझ विद्यार्थीहरू नै सिक्ने र सिकाउने कार्यमा सक्रिय भए भने चाँडै गन्तव्यमा पुग्न सकिने रहेछ ।

 

यत्तिञ्जेल मैले शिक्षण क्षेत्रमा गरेको प्रयोग अनुसन्धानले व्याख्यान/भाषण विधिबाट ५ प्रतिशतविद्यार्थीलाई स्वयम् पढ्न प्रेरित गर्दा १० प्रतिशतश्रव्य–दृश्य सामग्रीको माध्यमबाट ३०–५० प्रतिशतप्रदर्शन/छलफलबाट ५० प्रतिशतअभिनय÷प्रयोगात्मक विधिबाट ७५ प्रतिशत मात्रै सिकाइ सम्भव भएको निष्कर्ष निकाल्यो । विद्यार्थी स्वयम्लाई शिक्षणकर्ममा सरिक गराउँदा ९० प्रतिशतसम्म सिकाइ सम्भव भएको थियो । यहाँ त्यही प्रयोगको फेहरिस्त सटीक रूपमा प्रस्तुत गर्ने जमर्को गरिएको छ ।

 

२. अपेक्षित उपलब्धि

 

क. विद्यार्थीहरूमा नेपाली भाषा अध्ययनप्रति मोह जगाउनु,

ख. सिकारुहरूलाई शैक्षिक सामग्री निर्माणमा सक्रिय गराउनु,

ग. नेपाली भाषा सिकाइमा विद्यार्थीहरू नै बढी सक्रिय रहेर अपेक्षित सिकाइ उपलब्धि हाँसिल गर्नु ।

घ. विद्यार्थीलाई सक्रिय सिकाइ सरिक गराएर उच्च उपलब्धी आर्जनमा उत्प्रेरित गर्नु ।

ङ. हेरेर वा सुनेर भन्दा गरेर सिक्ने वातावरण निर्माण गर्नु ।

 

३. अनुसन्धानको सीमाकार्यावधि र विश्लेषण

 

यस अध्ययनका लागि कक्षा ९ (प्राविधिक धार) का ४० जना विद्यार्थी रोजिएको थियो । शिक्षण अबधि शैक्षिक सत्र २०७८ रहेको थियो । त्यसमा सुरुआतका महिनामा पढाइ ढप्प प्रायः भयो । मैले समूहगतरूपमा विद्यार्थी परिचालन गरेर विद्यार्थीहरूलाई नै सिकाउने/पढाउने वातावरण निर्माण गरेँ । प्रत्यक्ष–परोक्ष विद्यार्थीहरूलाई पृष्ठपोषण दिएर मेरो नवीन शैक्षिक विधि–प्रविधि अनुरूप अध्ययन गर्न सल्लाह दिएर सबै शैक्षणिककर्मीहरूले सघाउनुभयो ।

 

शिक्षणमा विद्यार्थी सक्रिय विधि लागू गर्न मैले पाँच वटा समूह निर्माण गरेँ –

 

आइतबार समूह ‘क’ संविधा यादवको नेतृत्वमा–  सृष्टि शर्मासोस्थिका शर्मा,मनिसा कोइरालामनिता थापापार्वती मगर यसुधा गुरुङदिपेश जैसवाल

 

 

 

सोमबार समूह ‘ख’ सुरज सहनीको नेतृत्वमा-  रोहित यादब दिपिका सुबेदीअनिता पोखरेलसुस्मिता खनालबिनिता बिक

 

 

 

मंगलबार समूह ‘ग’ अनिष नेपाल  नेतृत्वमा– रामचन्द्र नेपालजानकि साह बिनोद कुमार,सुर्य बहादुर थापा दिपिसा नेपाली

 

 

बुधबार समूह ‘घ’ रोशनी आचार्यको नेतृत्वमा–  दीप भट्टराईधनबहादुर खड्कानिर्मला थापामन्दिरा कुमारी सेन जनक राज भट्ट

 

 

बिहीबार समूह ‘ङ’ कामना तामाङको नेतृत्वमा– सुनिता चापागाईंमहेन्द्र यादवसुस्मिता तामाङविसाल शर्माकमल ओली सेरबहादुर बिक

 

 

 

यी प्रत्येक समूहले तोकिएको दिनमा तोकिएको पाठ अरू विद्यार्थी सहपाठीहरूलाई सिकाउथेँ । छलफलप्रदर्शनअभिनयप्रयोगात्मक विधि बढता र ब्याख्यान विधि कम प्रयोग गर्थे । म कक्षाको सुरुआतमा सबैलाई नियम सम्झाएर पुनर्ताजगी गर्थेँ । पाठ्य विषयवस्तुको सटीक चर्चा गर्थेँ । तोकिएको समूहलाई सिकाइ नेतृत्व लिन र बाँकी विद्यार्थीलाई सक्रिय सिकाइमा सहभागी हुन उत्प्रेरित गर्थेँ । सुरुको हप्तामा मेरो उत्प्रेरणाले उत्ति साह्रो काम गरेन । अर्को हप्तादेखि भने क्रमशः उपलब्धि हात पर्दै गयो र फलदायी उपलब्धी हात पर्दै गयो ।

 

४. अपनाइएका शैक्षिक कार्यकलापहरू

 

पहिलो चरण– विद्यार्थीबाटै विद्यार्थी सिकाइका लागि सर्वप्रथम मैले विद्यार्थीहरूको नेपाली भाषा सिकाइस्तर पत्ता लगाउने काम गरेँ । विद्यार्थीहरूको व्याकरणिक/भाषिक रूचि र क्षमता पहिचान गरेँ । समस्या कोरोनाकालको प्रतिकूल समय मात्रै नभईकन सिकाहरूकै बेहोसीपनमा रहेको निष्कर्ष निकालेँ । समग्रमा भन्नुपर्दा विद्यार्थीहरूले हाउगुजी मानेर आएको नेपाली/व्याकरणका कमजोरीहरू र त्यसलाई हटाउने सम्भावित उपायहरूको निक्र्यौल गरेँ । रउपलब्धिमूलक सिकाइमा हरतरहले अग्रसर हुने र विद्यार्थीहरूलाई हुन लगाउने अठोट गरेँ । यसका लागि विद्यार्थी स्वयम्लाई शिक्षणकर्ममा सरिक विधि अबलम्बन गर्ने वताएँ । नीतिनियम बुझाएँ । टोली/समूह प्रमुखको सक्रियता बढाएँ ।

 

दोस्रो चरण– हरेक समूहलाई शिक्षणसिकाइमा सरिक गराएँ । तोकिएको समूह उत्प्रेरित कथनका साथ सिकाइकार्यकलाप सुरुआत गथ्र्यो । गृहकार्य जाँच गर्नेदेखि कक्षाकार्य दिनेसम्म गथ्र्यो । उनीहरू शिक्षार्थी र शिक्षक दुबै हुन्थे । अल्झेको ठाउँमा म बाटो सफा गरिदिन्थेँ । गलत बुझाइ वा सिकाइ भएको अवस्थामा त्रुटि न्यूनीकरणमा मेरो सक्रियता रहन्थ्यो ।

 

हरेक आइतबार समूह ‘क’ ले क्रमशः पाठ १३ र ४ मा भएका पाठ्यवस्तु शिक्षण गर्नुका साथै कक्षा कार्य/गृहकार्य निरीक्षण गर्नुपथ्र्यो । यसमा संविधा यादवको नेतृत्वमा–  सृष्टि शर्मासोस्थिका शर्मा,मनिसा कोइरालामनिता थापापार्वती मगर यसुधा गुरुङदिपेश जैसवाल सक्रिय थिए ।

 

हरेक सोमबार समूह ‘ख’ ले सुरज सहनीको नेतृत्वमा सक्रियता देखायो ।    सुरज सहनीको नेतृत्वमा-  रोहित यादब दिपिका सुबेदीअनिता पोखरेलसुस्मिता खनालबिनिता बिक        अरू सदस्य थिए । उनीहरूले पाठ ५६ र ७ मा भएका पाठ्यवस्तु सम्बन्धी कार्यकलाप गर्थे ।

 

हरेक मंगलबार समूह ‘ग’ ले अनिष नेपाल  नेतृत्वमा– रामचन्द्र नेपालजानकि साह बिनोद कुमार,सुर्य बहादुर थापा दिपिसा नेपाली

   साथमा लिई पाठ ८९ र १० का पाठ्यवस्तु बारे कक्षामा कार्यकलाप गर्यो ।

 

हरेक बुधबार समूह ‘घ’ को पालो थियो । रोशनी आचार्यको नेतृत्वमा–  दीप भट्टराईधनबहादुर खड्कानिर्मला थापामन्दिरा कुमारी सेन जनक राज भट्ट मोचीसुमित पुर्वे सक्रिय थिए । उनीहरूले नेपाली विषयको पाठ १११२ र १३ का पाठ्यवस्तु बुझ्ने र अन्यलाई बुझाउने लगायतका क्रियाकलाप गरेका थिए ।

हरेक बिहीबार समूह ‘ङ’ को पालो थियो ।कामना तामाङको नेतृत्वमा– सुनिता चापागाईंमहेन्द्र यादवसुस्मिता तामाङविसाल शर्माकमल ओली सेरबहादुर बिक सक्रिय थिए । उनीहरूले पाठ १४१५ र १६ मा भएका पाठ्यवस्तुको जिम्मा लिएका थिए ।

 

शिक्षक पढाउनेरटाउनेसजाय दिने र आफ्नो मनोकांक्षा विद्यार्थीहरूमाथि थोपर्ने मानिस कदापि हैन । यसो गर्नु उसको पेशागत मर्यादाभित्र विल्कुलै पर्दैन । तसर्थ सक्षम शिक्षक कक्षाकोठाका हरेक क्रियाकलापहरू विद्यार्थीकेन्द्रित विधिबाट गराउँछ । विद्यार्थीहरूलाई कुनै आपत्ति भए प्रतिक्रिया जनाउन पुरापुरी स्वतन्त्रता दिन्छ । सिकाइमा सबै जनाको सक्रिय सहभागिता अपरिहार्य देख्छ । यस्ता कुरा बोध गरेर गराउर्ने जमर्को गरेँ । उनीहरूलाई नै धेरै समय अध्यापन कार्यमा सरिक हुन उत्प्रेरित गरेँ । सुरुमा जसले आरम्भ गरेको छत्यस दिन भर त्यही नेपालीको गुरु बन्थ्यो । उसैले समस्या टाथ्र्यो । नसके मकहाँ आउँथ्यो । म समाधान गरिदिन्थेँ ।

 

तेस्रो चरण– उपर्युक्त कुराहरूमा व्यापक छलफल गरेपश्चात् कक्षा ०९ (प्राविधिक तर्फ) को नेपाली विषयशिक्षकको हैसियतले म एक्लैले कापी परीक्षण गर्न सक्ने कुरै थिएन । हरेक दिन कापी जाँच गर्ने काममा आआफ्नो समयमा समूह नै सक्रिय हुन्थ्यो । नमुना कापी पहिले परीक्षण गर्दिन्थेँ । त्यसपछि शिक्षकको हैसियत राखेरै मैले गर्ने सबै काम गर्थेँ । कक्षामा आएका प्रायः हरेक समस्या उनीहरूले समाधानमा चासो राख्नुपर्ने हुन्थ्यो ।

 

स्मार्टबोर्डमा लेख्ने जिम्मा पनि उनीहरू नै दिन्थेँ । कक्षाकार्य र गृहकार्यको पुनः निरीक्षण गरी आवश्यक ठाउँमा पृष्ठपोषण दिने जिम्मेवारीमा मस्वयम् खटिन्थेँ । यी सबैजना विद्यार्थीहरू अध्ययनमा होसियार थिए । तुलनात्मकरूपमा बढी नै अनुशासित थिए । स्वयम् मर्यादामा रहन रुचाउँथे । मैले खटाएको काम राम्ररी सम्पन्न गर्न मलाई हरतरहले सहयोग गरी ती विद्यार्थीहरूले मेरो नेपाली÷व्याकरण शिक्षण कक्षामा कुनै किसिमको कमजोरी हुन दिएनन् ।

 

मैले दोस्रो चरणमा छलफलका माध्यमबाट सम्झाएका कुराहरूले कक्षा नै मप्रति गौरवान्वित हुन गयो । कतै कुनै प्रकारको जनगुनासो सुन्न र सहनु परेन । शिक्षणको कक्षा उत्साहप्रद बन्दै गयो । विद्यार्थीले भनेका कुरा उसका सहपाठीले सतप्रतिशत नै अबलम्बन गर्ने कुरा आइहाल्यो । बाँकी केही रहे म स्वयम् तैनाथ रहन्थेँ ।

 

५. सुधारपरिणाम र सिकाइ स्तर

 

सिकाइमा विद्यार्थीहरूमा दिपिका यादवदिपाली साहअनिषा महतोखुशी साहकामना आचार्यसककविधा यादवरोशनी तामाङदिपक कुमार रामपकककज यादवनवीन साहसुरज सहनीनिरज यादवसुनिल रामरुपचन लामाशक्ति सिहअरुण यादवसुमित सिंहसुजित महतोदिनेश साहनिश्चल शर्माकृष्ण साहविवेक कुमार सिहजागेन्द्र सिहनिपेश ठाकुरराजु कुमार शर्मारवीन शर्मासुरेश साहधरमेन्द्र मोचीरुवी यादवसुमित पुर्वेकिशोर मण्डलअमरराज महरासुरज राना मगरनिपेश ठाकुरराजुकुमार शर्माहरू संलग्न थिए ।

 

मैले भेटेका विद्यार्थीहरूका कमजोरी र सुल्झाउने उपायहरूलाई केन्द्रबिन्दुमा राखेर छलफल गरी निकालेको निचोड समेटेर विद्यार्थी सामु राखेका कुराहरू संक्षेपमा यस्ता थिए–

 

अलिकती ध्यान दिन सके नेपाली/व्याकरण शिक्षणको सजिलो छ । अधिकांशले प्रयोग व्यवहार गर्दै आएको र लामो ऐतिहासिक परम्परा भएको लोकप्रिय भाषा नेपाली भएकोले यसको व्याकरण जान्नु सबैको हितमा छ भन्ने वुझाउन खोजेँ ।

 

नोकरीमा सामेल हुँदा वा निजी जीवन व्यतित गर्दा समेत कामकाजमा उतिकै प्रयोगमा आउने भाषा भएकाले यसको व्याकरणिक ज्ञान जीवनका हरघडीमा काम लाग्ने जानकारी दिलाएँ । यसलाई नकार्ने नेपाली व्यावहारिक जीवनमा पछाडि पर्छ । नेपाली भाषामा राम्रो दखल भएको व्यक्ति जहिल्यै पनि अघि हुन्छ । तसर्थ हरेक नेपालीले नेपाली भाषालाई सम्मान दिन सक्नुपर्छ । वेवास्था गरे प्राप्त सम्मान पनि भाषिक कमजोरीले गर्दा गुम्दै जान्छ । यस्ता कुरा बोध गराएँ ।

 

अर्कातिर भाषाको गाँठी कुरा व्याकरण शिक्षणको सन्दर्भमा सिकाइ सिकारुमा नै भरपर्ने कुरा हो । शिक्षक त सिकाइ मैदानको सहयोगी मित्र मात्र हो । धेरै भए विद्यार्थीले गरेको कमिजोरीलाई सुधार्न प्रेरित गर्ने प्रेरक मात्रै हो । अझै अघि बढेर भन्ने हो भने विद्यार्थी सही मार्गमा हिँड्न भुलेमा दिशानिर्देश गर्ने मार्गनिर्देशक मात्र हो । समग्रमा भन्नुपर्दा कतैबाट सुधार हुन नसक्दा पृष्ठपोषण दिने पृष्ठपोषक मात्रै हो । यस्ता कुरा सिकारुको मनस्थितिमा बसाउन सफल भएँ ।

 

कुनै पनि विषय सजिलो छ भन्दै पन्छाउनु विद्यार्थीको भुल हुन जान्छ । सबै खाले विषयको महत्त्व आ–आफ्नै ठाउँमा गहकिलो हुन्छ । चिन्तन मनन गर्नेका लागि नेपाली सरल र चाखलाग्दो विषय हो । पन्छिन खोज्नेका लागि जबरजस्त लादेको फलामको भारी हो । यसले थिचेपछि मान्छेलाई उठ्न गाह्रो हुन्छ ।

 

विद्यार्थीहरू सक्रिय भएर आपसी संवादछलफलप्रश्नोत्तर र वर्णनद्वारा सक्रिय सिकाइ सम्भव हुने रहेछ भन्ने सिद्धान्तले व्यवहारमा मूर्तरूप पायो । एकाएक नेपाली व्याकरण सिकाइप्रति विद्यार्थीहरूमा रुचि बढेर गयो । व्याकरण सिकाइमा अपनत्वको भावना पैदा भयो । उछृङ्खल प्रवृत्तिका विद्यार्थीहरूमा समेत सुप्रवृत्तिको विकास हुन गयो । व्याकरण कक्षामामलाई तनाव हुन जाने प्रतिकूल कर्म कसैले गरेन । परोक्षरूपमा भए पनि अपजस आफ्नै काँधमा आउँछ भन्ने वोधले समेत क्रक्षाको वातावरण सकारात्मक बन्यो ।

 

मैले दिएको निर्देशनलाई अक्षरशः पालना गरी शिक्षणको तौरतरिका नै भिन्न पारेका थिए । आफूले नजाने वा नबुझेका कुराहरू सुल्झाउन खोजयात्रामा निस्कन थाले । कतैबाट समाधान नभएको खण्डमा मात्र ‘नेपाली गुरूकहाँ जानुपर्छ’ भन्न थाले । कक्षामा नियमित उपस्थित हुने विद्यार्थीहरू चाहिँ नेपाली भाषासिकाइमा अब्बल हुँदै गयो । हरेक काममा विद्यार्थी स्वयम् सक्रिय रहन थाले । शैक्षिक सामग्री स्वयम् निर्माण गर्ने र प्रदर्शन गर्ने काम गर्थे । र२०७८ सालको उत्तराद्र्धमा लिइएको वार्षिक परीक्षामा नेपाली विषयमा औसत विद्यार्थीले राम्रो अङ्क ल्याएर उत्तीर्ण गरे ।

 

६. निष्कर्ष

 

अहिलेको युगमा लामालामा व्याख्यान दिएर विद्यार्थीहरूको कलिलोकमलो एवम् संवेदनशील मनस्थितिलाई मुठार्नु हुँदैन । केवल सिक्ने र सिकाउने वातावरण मिलाई दिनुपर्छ । सिकारुले मार्ग भुल्दा मार्गनिर्देश गर्नुपर्छ । आवश्यक परेको ठाउँमा आवश्यकमात्रामा मात्र पृष्ठपोषण दिनुपर्छ । आजका विज्ञान र प्रविधिले युक्त विद्यार्थीहरूले शिक्षकको मायालु व्यवहार र समुचित मार्गनिर्देश पाउन सके शिक्षकले कक्षाकोठामा प्रवचन दिइराख्नुपर्दैन । अझ नेपाली÷व्याकरण त प्रयोगात्मक तवरले मात्र सिक्न र सिकाउन सकिन्छ ।

 

उनीहरूलाई आफ्नो विचार र विवेकको भरमग्धुर प्रयोग गर्ने अवसर प्रदान गर्नुपर्छ । उनीहरूको सोच र समझ ऊध्र्वगामी भए शिक्षक आफैँले पनि अपनाउनुपर्छ । समयानुकूल नभए सच्याउन आग्रह गर्नुपर्छ । यद्यपि कसैको मनोकांक्षालाई ठाडै कुल्चने र पूर्वाग्रही मनस्थिति राख्ने भुल कदापि गर्नुहुन्न ।

 

माथि उल्लेखित कुराहरूलाई मध्यनजर गर्दै मैले बेलाबेलामा विद्यार्थीहरूलाई आफ्नो विषयगत नीति नियम सम्झाउने र पुनर्ताजगी गर्ने काम गरेँ । एक प्रकारले विद्यार्थी स्वयम् नै सक्रिय भएर सिक्ने सिकाउने कार्यमा सफलता पाइसके पछि कार्यक्रमको निष्कर्ष निकाल्दा विद्यार्थीहरूमा धेरै जिम्मेवारी बढेको र अरू जिज्ञासुहरूले अवसर नपाएको आभाष गर्न पुगेँ ।

 

त्यसैले हाजिरी गर्नेबोर्डमा लेख्ने र कापी निरीक्षण गर्न सघाउनेव्याख्या–वर्णन गर्नेजस्ताप्रश्नोत्तर गर्नेछलफल चलाउनेसमस्या समाधान गरिदिनेजस्ता काममा विद्यार्थीहरू एकापसले गरे । म मियो बनेर रहेँ । यस काममा अरू सक्षम र इच्छुक विद्यार्थीहरूमा अधिकार प्रत्यायोजित गर्ने गरी पुनर्योजना बनाएँ । यसो गर्दा उनीहरूमा शिक्षकको विश्वासको सम्मान गर्न पछि सर्नुहुन्न भन्ने भावना पैदा भयो । यसबाट सबै विद्यार्थीहरूमा जिम्मेवारीको लायक म पनि रहेछु भन्ने वोध भयो । रपूरै कक्षा सक्रिय सिकाइमा सरिक भयो । भरसक सबै विद्यार्थीहरूलाई कक्षाका हरेक गतिविधिमा अवसर दिने प्रण गरेँ । यसरी शिक्षक आपतकालीन मित्र बनेर कक्षामा रहे विद्यार्थी स्वयम् सक्रिय भई व्याकरण सिक्न सक्ने रहेछन् ।

 

७. प्रतिवेदन प्रवोधिकरण

 

कोरोनाकालको सन्त्रासमय समयको शिक्षण सुधारमा गरेको सानो प्रयत्न समेटेर प्रस्तुत गरिएको यस प्रतिवेदन विद्यालयका अन्य शिक्षकसामु समेत प्रस्तुत गरेर प्रवोधिकरण गरिने छ । यस प्रयोगका सकारात्मक पक्षहरू अपनाउन र नकार पक्षहरूका लागि सुझाव दिन म सरोकारवाला शिक्षक वर्गमा अनुरोध गर्दछु । यथोचित सुझावलाई मध्यनजर राख्तै आगामी दिनमा शैक्षिक कार्यकलापमा सुधार गर्ने प्रणका साथ यस प्रतिवेदनलाई बिट मार्ने अनुमति चाहन्छु ।

 

प्रस्तुतकर्ता

name : xyz abc

कार्यरत् संस्था – श्री xxx मावि