यस नाटकको कथा दुईजना भरिया भक्ते र मानेको वार्तालापबाट सुरु हुन्छ । भक्ते र माने सहरमा भारी बोकेर जीवनगुजारा गर्ने मिल्ने साथी हुन् । आर्थिक अवस्था निकै कमजोर भएको भक्तेकी श्रीमतीको मोटरदुर्घटना मृत्यु भएको हुन्छ । उनीहरूको वीरे नाम गरेको एक नाबालक छोरा पनि रहेको छ । एक दिनको कुरा हो भक्तेको आप्mनो छोरा वीरेलाई बाटोमा पैसा माग्दै गरेको देख्छ । यस घटनाले भरिया भक्तेलाई निकै चित्त दुख्छ र आप्mनो समाजमा बेइज्जत भएको अनुभव गर्छ र भक्तेले छोरा वीरेलाई बेसरी कुट्छ । ‘अर्काको भारी बोकेर पनि तँलाई एक छाक खुवाएकै थिएँ त्यसले पनि नपुगेर बोटोमा माग्न थालिसर’ भन्दै भक्तेले आप्mनो छोरालाई पिटेको हो । बाउछोराको यसप्रकारको झगडालाई भक्तेको साथी मानेले शान्त पार्छ भने समाजसेवी बहुला काजीले पनि यस घटनालाई गम्भीर रूपमा लिएको हुन्छ । समाजपरिवर्तन नभई विकास सम्भव हुँदैन भन्ने मान्यता बोकेको काजीले भरियाकै छोरा भए पनि वीरेमा ठुलो सम्भावना देख्छ र वीरेलाई स्कुल पठाएर शिक्षा दिन सकेको खण्डमा उसले केही राम्रो गर्न सक्ने ठहर गर्छ ।
त्यसपछि काजीकै सल्लाहबमोजिम वीरेलाई स्कुलभर्ना गरिन्छ तर स्कुलका अन्य स्कुले साथीहरूले भरियाको छोरासँगै एउटै कक्षामा नपढ्ने भन्दै शिक्षकहरूसँग गुनासो गर्दै वीरेको झुत्रे लुगा च्यातिदिने, लछारपछार गर्ने, पिट्नेजस्ता व्रिmयाकलाप गर्छन् । यसरी वीरेमाथि जाइलाग्ने व्यक्तिहरू वीरेकै कक्षाका हरि, विव्रmम, भरत आदि हुन् । गरिबै भए पनि वीरेको पक्षमा बोल्ने साथीहरूमा वद्री, रामजस्ता व्यक्तिहरू छन् । वीरेलाई पढ्नको लागि सहज वातावरण नभए पनि शिक्षकहरूले उसलाई ललाइफकाई पढ्ने वातावरण भने मिलाउँछन् ।
यसै गरी वीरले लगनशील भएर पढ्दै जान्छ र कक्षामा प्रथम हुन सफल हुन्छ । शिक्षकहरूले पनि पढ्ने व्यक्तिको नमुना पेस गर्दा वीरेलाई उदाहरण दिन्छन् । यद्यपि भारी बोक्नेको छोराले पढेपछि कसले भारी बोक्छ भन्दै वीरको खेदो गर्ने काम भने हरि, भरत, विव्रmमजस्ता साथीहरूले कायम राख्छन् । अन्य आवारा विद्यार्थीहरू भने परीक्षामा फेल भएकाले शिक्षकहरूलाई नम्बर थपिदिन आग्रह गर्छन् तर शिक्षकहरू भने वीरले झैँ लगनशील भए पढ्न सुझाव दिन्छन् । वद्री, रामजस्ता व्यक्तिहरू समाजमा गरिवीको समस्याका विषयमा चिन्ता व्यक्त गर्छन् । वीरेले अमेरिका फ्रान्सलगायतका देशहरूमा व्रmान्ति भएर पनि परिवर्तन हुन नसकेको कुरा व्यक्त गर्छ ।
एक दिनको कुरा हो वीरे बिरामी पर्छ । गरिबीका कारण भक्तेले डाक्टरकहाँ पु¥याउन सक्दैन । उसको साथी मानेले पनि आफूसँग भएको सक्दो पैसा सापटी दिएर भक्तेलाई सहयोग गर्छ । छोराको उपचारका लागि भक्तेले पनि आप्mनो कोट पनि विव्रmी गर्न पछि पर्दैन । वीरेका साथी वद्रीलगायतका व्यक्तिले पनि वीरेलाई चाडै उपचार गर्नु पर्ने कुरा व्यक्त गर्छन् । बहुला काजीको सपना सपनामै सीमित हुने हो कि भन्ने चिन्तामा उनीहरू पर्छन् । वीरेको स्वास्थ्यावस्था झन्झन् नाजुक हुँदै जान्छ ।
वीरेको सिकिस्तपनले भक्ते निकै चिन्तित देखिन्छ । उपचारको अभावमा अन्ततः वीरेको मृत्यु हुन्छ । यसै समयमा बहुला काजी आएर गरिवीले वीरेको उपचार हुन नसकेर वीरेको मृत्यु भएको हो । समयमै धनीहरूको पैसा खोसेरलुटेर पनि वीरेको उपचार गर्नु पथ्र्यो भन्ने धारणा उनीहरूले व्यक्त गर्छन् । गारिवीका कारण उसको मृत्यु भएकोमा वीरेजस्ता अन्य कैयन् वीरेहरूको अनाहकमा ज्यान जान नपरोस् भन्ने भावना काजीले व्यक्त गर्छन् । यसरी समाजमा गरिवीउन्मुलन गर्ने र त्यस अभियानमा आफू व्रिmयाशील हुने प्रण काजीले गर्छ । यदि त्यस अभियानमा कसैले वाधा खडा गरेमा त्यसको सत्रु भएर आफू लड्ने अभिप्राय व्यक्त गर्दै गर्दा नाटकको अन्त्य हुन्छ ।