पाठ ः दश
रातभरि हुरी चल्यो
शब्दार्थ
ढुङ्ग्रो – आगो फुक्ने साधन
दोरङ्ग – पाले
एकर – जग्गाको नापी
कुण्ठित – मनमा चाहना दवाइएको
अगेनो – आगो बाल्ने ठाउँ
पठन बोध
क.
अ उत्तर
यो भनाइ कालेकी आमाको हो ।
आ उत्तर
एक दुई एकर जमिनको माटो पल्टाउने कामलाई परिवारको हत्या भनिएको छ ।
उत्तर
यस उद्धरणले जीवनको दुःख, कष्ट र वेदनाको अवस्थाको चित्रण गरेको छ ।
ई उत्तर
यस भनाइभन्दा लगत्तै अघिको कथाको सन्दर्भ दैवी विपत्ति हो ।
उ उत्तर
यस भनाइपछि कथामा कालेकी आमाको गाईवस्तु र जग्गा बेच्ने मनसाय व्यक्त भएको छ ।
ख.
अ उत्तर
यो भनाइ कालेकी आमाको हो ।
आ उत्तर
आपत् विपत् जहाँ पनि छ भन्नुको तात्पर्य आपत गाउँ सहर दुवैमा छ भनिएको हो ।
उत्तर
यस उद्धरणमा निश्चिन्ताको प्रस्तुति आफ्नो घर, गोठ बारी तथा बाँसको भ¥याङहरु छन्, तिनको स्याहार स्याहार गर्नेछ ।
ई उत्तर
उद्धरण अनुसार कथाको टुङ्ग्याउली हुरीले कति पो बिगार्न सक्छ, अब गएर बनाइ हाल्नुपर्छ भन्ने कुरामा भएको छ ।
उ उत्तर
यस कथांशले मार्मिक यथार्थवादी प्राकृतिक प्रकोपको परिवेश प्रस्तुत गरेको छ ।
अभ्यास
१ उत्तर
(इन्द्रबहादुर राईद्धारा) लेखिएो रातभरि हुरी चल्यो कथाले दार्जिलिङको सामाजिक जीवनको यथार्थ चित्रण गरेको छ । नेपालबाट कामको खोजिका तथा सुविधाको लागि बसाई सरेका प्रवासीहरुको आर्थिक अवस्था कमजोर देखिन्छ । काम र मामका लागि दुःखजिलो गरेर आजीविका चलाउँछन् । बस्ने ठाउँ र खाने कुराको व्यवस्था गर्न उनीहरुलाई मुस्किल पर्दछ । राम्रो र सुरक्षित थलो भन्दा आजीविकाको समस्याले गाँजिएका नेपालीहरुको कष्टप्रद जीवन गतिलाई कलात्मक पाराले चित्रण गरिएको यस कथामा आपत् विपत् गाउँमा मात्र होइन शहर बजार जहाँ पनि सामान किसिमले आउँछ भन्ने देखाइएको छ । निम्नवर्गीय मानिसहरुको कहाली लाग्दो जीवनलाई विषयवस्तु बनाइएको रात भरि हुरी चल्यो भन्ने कथाले सामाजिक जीवनको यथार्थ चित्रण गरेको छ ।
२ उत्तर
निम्नवर्गीय मानिसहरुको जीवनावस्था कहाली लाग्दो हुन्छ । जो आर्थिक रुपले विपन्न हुन्छ उसको सामाजिक अवस्था कमजोर हुन्छ । आपत्विपत् पनि तिनीहरुलाई नै बढि पर्दछ । रोग लाग्दा औषधी उपचारको अभाव, बस्नलाई उपयुक्त बासस्थान, उचित शिक्षादिक्षा दिन नसक्नुका पिरलो आदि निम्न आर्थिक अवस्थाका मानिसको समस्या हुन् । रातभरी हुरी चल्यो कथामा निम्नवर्गीय मानिसहरुको कहालीलाग्दो जीवन अवस्थालाई तार्किकर उपयुक्त ढंगले चित्रण गरिएको छ । यस कथामा कालेको बाबुको टिनको छानो मात्र भएको नाममात्रको घर रातभरिको हुरीले उसलाई सुत्न पनि दिएको छैन । कालेको आमा घर–गोठ बेच्ने मनसायले ढुङ्ग्रोमा दुध लिएर शहर जान्छे त्यहाँ पनि एक किसिमको दैवी विपत् खेदेर ऊ घर गोठ बनाउन निधो गरेर फर्किन्छे ।
३. उत्तर
इन्द्रबहादुर राइद्धारा लेखिएको रातभरि हुरी चल्यो कथाले दार्जिलिङको सामाजिक जीवनको यथार्थ चित्रण गरेको छ । दार्जिलिङ सहर र त्यस वरिपरिको पहाडी ग्रामीण नेपाली समाज र ती क्षेत्रमा बसोबास गनृे निम्न वर्गीय नेपालीहरुले बाँच्नका निम्ति गरि रहनु परेको संघर्षको बारेमा प्रस्तुत गरिएको छ । डाँडापाखाका जग कमजोर भएका कालेका बाबुको टिनको छानो भएको नाममात्रका घर जस्ता कच्ची घर गोठको बसोबास र सहर बजारमा पनि सस्तो भाडामा पाइने सुविधाविहिन डेराको बसाइमा वर्षात्सँगै रातभरीको हुरीले छानामा उडाउने पानी चुहिने जस्ता समस्या, प्राकृतिक विपत्ति फैलिएको छ । सिपाही, चौकिदार, राज (डकर्मी), बढई (सिकर्मी), तरकारी पसलेको पेसा अंगाले जसोतसो जीवन जिउन गरिने संघर्षशील निम्नवर्गीय दार्जिलिङे नेपालीको मार्मिक चित्रण गरिएको छ । यसमा प्रवासी नेपालीहरुको संघर्षमय जीवनका विभिन्न पक्षको उद्घाटन गर्दै आदि, मध्य र अन्त्यका श्रृङ्खलाहरु क्रमिक विकसित भएको देखाउँदै कथाकारले निकै सरल तवरबाट प्रस्तुत गरेका छन् ।
४. कालेका बाबु र आमा ः
कालेका बाबु यस कथाका प्रमुख पुरुष पात्र हुन् । उनी पुरुषवादी अहङ्कारबाट माथि उठेको सह्रदयी, सत् चरित्र भएको मिलनसार देखिन्छन् । उनी सहयोगी, कर्तव्य परायण भएको पात्रका रुपमा प्रस्तुत छन् । निम्न वर्गीय परिवारको प्रतिनिधिकाका रुपमा कर्तव्य निर्वाह गरेका छन् । कालेका बाबुले गाउँमा बस्न रहर गरेकोमा निराश भएर स्वास्नीलाई असुरक्षित जीवनको त्रासले एक्कासी झोकिए पनि असत् होइन त्यो स्वभाविक देखिन्छ । उनको समग्र सत् चरित्र भएको विशेषता हो ।
कालेकी आमा यस कथाकी प्रमुख निम्न वर्गीय नारी पात्र हुन् । उनी संघर्षशील कुशल गृहिणीका रुपले प्रस्तुत छिन् । समस्या पर्दा जोदाहा गर्न सक्ने व्यवहार पटु, सहहृदयी कर्तव्य परायण राख्ने उनको विशेषता हो । उनी भविष्प्रति चिन्तित देखिन्छन् । उनी भविष्यप्रति आशावादी भएर संघर्ष गर्न पछि परेकी छैनन् । उनी कर्मप्रति विश्वस्त छिन् । मिलनसार भएर पारिवारिक दायित्व निर्वाह गर्न पछि पर्दिनन् । कथामा उनले उद्देश्य संवाहकको भूमिका निर्वाह गरेकी छन् ।
५. उत्तर
इन्द्रबहादुर राइद्धारा लेखिएको रातभरि हुरी चल्यो कथाले दार्जिलिङको सामाजिक जीवनको यथार्थ चित्रण गरेको छ । यस कथा पढेर हामीले कसैको पनि जिन्दगी सोचेको जस्तो हुँदैन । मानिस प्रकृतिकै उपज भए पनि सभ्यताको उषा कालदेखि नै बाँच्नका लागि प्रकृतिसँग संघर्ष गर्दै आएको छ । हाम्रो सोच जीवन प्रति आशावादी हुनुपर्छ । आदिम कालदेखि सभ्यताको यस विन्दुमा मान्छे प्रकृतिसँग सिंगोरी खेल्दै आइ पुगेको छ । मान्छेका पौरखी हातहरुले नै उसलाई यहाँसम्म ल्याइ पु¥याएका हुन् ।
त्यसैले आपत् विपत् र समस्याबाट भागेर मान्छे कहीँ पनि जान सक्दैन । पृथ्वीको कुनै पनि समस्या, आपत विपत्बाट मुक्त छैन । फेरि समस्या, आपत् विपत् नपरी मान्छे सही अर्थमा मान्छे बन्दैन, तसर्थ यस्ता समस्याहरुसँग भागेर होइन तिनका संघर्षपूर्वक सामना गरेर जीवनलाई जति सक्दो सुखी बनाउने प्रयत्नबाट नै जीवन सार्थक हुन्छ ।
0 Comments